Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

आज ज्योति विकास बैंकको साधारणसभा 

आज ज्योति विकास बैंकको साधारणसभा 

  • 253
    SHARES
  • आज ज्योति विकास बैंकको साधारणसभा 

    काठमाडौं । ज्योति विकास बैंकको साधारणसभा बैठक आज बस्दैछ । कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्दैछ ।

    साधारणसभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ । बैंकले माघ २९ गतेदेखि बुक क्लोज गरिसकेको र माघ २८ गतेसम्म कायम रहने शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

    उक्त सभामा आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरूलाई ३ प्रतिशत बोनस सेयर र ३.८ प्रतिशत कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ ।

    साथै आर्थिक वर्ष २०७९/८० को एजेन्डा भने लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रम निर्धारण गर्ने छ भने उक्त सभामा बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने प्रक्रिया अथवा प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij