वेबटिभी खबर
फाइल तस्बिर
काठमाडौं । नेपाल बालविकास शिक्षक केन्द्रीय समितिले बालविकास संस्था दर्ता नगरिएको भए पनि इसीडी शिक्षकका हकहितका लागि निरन्तर लड्दै आएको बताएको छ ।
समितिले इसीडी शिक्षकका कतिपय माग सम्बोधन भएका र केही सम्बोधनका क्रममा रहेको जनाएको छ । अध्यक्ष कृष्ण कुमारी थापा मगर र महासचिव निर्मला गिरीले एक विज्ञप्ति जारी गरेर सो कुराको जानकारी गराएका हुन् ।
‘बालविकास शिक्षक संस्था दर्ता नगरिएको भए पनि यसको स्थापना पछि नै बालविकास शिक्षकका माग र मुद्दा सम्बोधनका क्रममा रहेको जगजाहेर नै छ,’ विज्ञप्तिमा भनिएको छ ।
यही फागुन २२ गते काठमाडौंमा बस्ने केन्द्रीय अधिवेशनमा संस्थाको विधान पेश गर्ने र संस्था दर्ता प्रक्रिया अगाडि बढाउने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्ति यस्ताे छ

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij