Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सर्लाहीमा रासायनिक मल वितरण

सर्लाहीमा रासायनिक मल वितरण

  • 290
    SHARES
  • सर्लाहीमा रासायनिक मल वितरण

    सर्लाही । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय सर्लाहीले यहाँका किसानलाई रासायनिक मल वितरण गर्न थालेको छ ।

    स्थानीय तहका सिफारिसमा कार्यालयले युरिया, डिएपी र पोटास मल वितरण गर्न थालेको सो कार्यालयका प्रमुख दीपक थापामगरले बताए । प्रमुख मगरका अनुसार २० स्थानीय तह रहेको जिल्लाका दुई सय वडाबाट एक/एक सहकारीलाई स्थानीय तहको सिरफारिसका आधारमा मल वितरण थालिएको हो ।

    जिल्लाको लालबन्दीमा १७, हरिवनमा ११, बागमतीमा १२, ईश्वरपुरमा १५, बरहथवामा १८, मलंगवामा १२, हरिपुरमा९, हरिपूर्वामा ९, बलरामा ११, गोडैतामा १२, कविलासीमा १०, चक्रघट्टामा ९, चन्द्रनगरमा ७, धनकौलमा ७, ब्रम्हपुरीमा ७, रामनगरमा ७, विष्णुमा ८, कौडेनामा ७, पर्सामा ६ र बसबरिया गाउँपालिकामा ६ थोक बिक्रेता रहेका कार्यालय प्रमुख मगरले जानकारी दिए ।

    उनका अनुसार जिल्लामा आएको २० हजार चार सय बोरा रासायनिक मल जिल्लाका दुई सयवटै डिलरलाई दामासाहीरूपमा वितरण सुरु गरिएको छ ।

    यसमा हरेक डिलरलाई ९५ बोरा युरिया, पाँच बोरा डिएपी र दुई बोरा पोटास गरी दुई सयवटा डिलरलाई २० हजार चार सय बोरा रासायनिक मल वितरण गरिने कार्यालयले जनाएको छ ।

    जिल्लामा अहिले गहुँ, मकै, मुसुरो, तरकारीका साथै उखुको ‘सिजन’ रहेको र जिल्ला प्रशासन कार्यालयमा बैठक बसेर सबै थोक बिक्रेतालाई दामासाहीरूपमा मल वितरण सुरु गरिएको प्रजिअ इन्द्रदेव यादवले बताए ।

    सरकारले युरिया प्रतिबोरा आठ सय २१, डिएपी प्रतिबोरा दुई हजार दुई सय ७१ र पोटास प्रतिबोरा एक हजार छ सय ७१ मा डिलरलाई दिने र स्थानीय तहले निर्धारण गरेको दररेटअनुसार थोक बिक्रेताले जिल्लाका किसानलाई मल बिक्री गर्ने कार्यालयले जनाएको छ ।

    कार्यालयले मल बिक्री वितरणमा पादर्शिता ल्याउन थोकबिक्रेताले किसानलाई बिक्री गरेको मलको तथ्यांक, खाता र प्रतिवेदन प्रमाणित गर्न पनि अनुरोध गरेको छ ।

    मल बिक्री वितरणमा केही समस्या वा गुनासो आएमा अनुगमन समितिले अनुगमन गर्दा डिलरले किसानलाई बिक्री वितरण गरेको मलको बिल, खाता नम्बर र प्रतिवेदन प्रमाणित गर्न राख्न अनुरोध गरेको छ ।

    जिल्लाका किसानले बाली लगाउने समयमा मल नपाएको गुनासो गर्दै आएका थिए । मल वितरणसँगै अब जिल्लाका किसानलाई यो सिजनमा मल नपाउने समस्या हट्ने जनाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij