वेबटिभी खबर
काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा दिएको रिटको शुक्रबार सुनुवाइ हुँदैछ।
सर्वोच्च अदालतको वेबसाइटका अनुसार लामिछानेको रिट न्यायाधीश ईश्वर खतिवडाको इजलासमा परेको छ। आज न्यायाधीश खतिवडाको इजलासमा १५ वटा रिट छन्। तीमध्ये लामिछानेको रिट अन्तिममा छ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र पिएनजीविरूद्धको एकदिवसीय सिरिजका नेपाली टिम भोलि (शनिबार) युएई जाँदैछ। उक्त सिरिजका लागि आफू पनि युएई जान पाउनु पर्ने भन्दै सन्दीपले सर्वोच्चमा रिट दिएका हुन्।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij