Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

कुमारी बैंकको शेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन

कुमारी बैंकको शेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन

  • 424
    SHARES
  • कुमारी बैंकको शेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । कुमारी बैंकको शेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

    बैंकको २७ लाख ५५ हजार २५३ कित्ता संस्थापक शेयर माघ २६ गतेदेखि लिलामी बिक्री खुला गरेको हो । यस लिलामी शेयरमा बैंककै संस्थापक शेयरधनी तथा व्यक्ति, कम्पनी तथा संघ संस्थाले खरिद गर्न पाउने छन् ।

    उक्त शेयरमा न्यूनतम १३८ रूपैयाँ तोकिएको भए पनि सेयर खरिद गर्न इच्छुकहरूले सो भन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ । सो शेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

    बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।  कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij