वेबटिभी खबर
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सोङले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् ।
राष्ट्रपति कसलाई बनाउने भन्ने विषयले नेपालका राजनीतिक दलका नेताहरूको छलफल चलिरहेका बेला राजदूत सोङले पनि आफ्नो सक्रियता बढाएका हुन् ।
बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका राजदूत सोङले दिउँसो एकीकृत समाजवादी अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा माधव नेपालको नाम प्रस्ताव गरेसँगै तरंगित बनेको राजनीतिक अवस्थामा राजदूत सोङले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपाललाई भेटेका हुन् ।
केही दिनअघि भारतका विदेश सचिव विनयमोहन क्वात्राले नेपाल भ्रमणमा रहेको बेला गरेको भेटवार्ता र राष्ट्रप्रमुख, प्रधानमन्त्री मन्त्रीलगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताले दिएको भेटलाई लिएर यतिबेला राजनीतिक जगतमा आलोचना भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij