वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले ‘नेपाल बाल मन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग’को प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो माग गरेकी हुन् ।
उनले बाल मन्दिरलाई कब्जामा लिएर त्यसको चल/अचल सम्पत्ति दुरुपयोग गर्ने त्यहाँका पदाधिकारीलाई कानुनी कारबाही गर्न सो आयोगले सुझाव दिएको आफूले जानकारी पाएको उल्लेख गरिन् । प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्न ढिलाइ गर्न नहुनेमा उनले जोड दिइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij