वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ।
सोमबार अपरान्ह सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो। समसामयिक राजनीति, राष्ट्रिपति चुनावलगायत विषयमा उनीहरूबीच कुराकानी भएको स्रोतको भनाइ छ।
आजै माओवादी पदाधिकारी बैठक पनि पेरिसडाँडामा बस्दैछ। पदाधिकारी बैठकमा जानुअघि प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग कुराकानी गरेका हुन्।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij