Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

आईसीसी लिग-२ नामिबियामाथि नेपालको जित

आईसीसी लिग-२ नामिबियामाथि नेपालको जित

  • 234
    SHARES
  • आईसीसी लिग-२ नामिबियामाथि नेपालको जित

    काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग-२  अन्तर्गतको खेलमा शनिबार नेपालले नामिबियालाई ‍‍हराएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले १५ बल बाँकी छँदा ७ विकेट गुमाएर जित हासिल गरेको हो । योसँगै कीर्तिपुर मैदानमा भएको लिग टु अन्तर्गतको आफ्नो तीनवटै खेल नेपालले जितेको छ ।

    शनिबारको खेलमा नेपाललाई जिताउन ब्याटिङतर्फ आशिफ शेखले ८१, ज्ञानेन्द्र मल्लले ६५, कुशल मल्लले ६२ र रोहित पौडेलले ३९ रन बनाएका थिए ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij