Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

राजर्षी जनककप : मच्छिन्द्र क्लव फाइनलमा, सुदूरपश्चिम उपाधि होडबाट बाहिर

राजर्षी जनककप : मच्छिन्द्र क्लव फाइनलमा, सुदूरपश्चिम उपाधि होडबाट बाहिर

  • 316
    SHARES
  • राजर्षी जनककप : मच्छिन्द्र क्लव फाइनलमा, सुदूरपश्चिम उपाधि होडबाट बाहिर

    सर्लाही । सुदूरपश्चिम–११, माथि सहज जित निकाल्दै मच्छिन्द्र क्लव सर्लाहीको बाग्मतीमा जारी सातौँ राजर्षी  जनककप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

    शुक्रबार बाग्मती नगरपालिका–११, स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लव ६–२ गोल अन्तरले विजयी भएको हो ।

    जित निकाल्दै राजर्षी जनककपको फाइनल यात्रा तय गरेको मच्छिन्द्रले उपविजेताको उपाधि रक्षा गरेको छ भने सुदूरपश्चिम–११, पराजित हुँदै उपाधि होडबाट बाहिरिएको छ ।

    मच्छिन्द्रको जितमा खेलको छैठौ मिनेटमा दयानन्द सिंहले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले बिमल घर्तिमगरको पासमा सहज गोल गरेका थिए ।

    मच्छिन्द्रले लगातार सुदूरपश्चिम माथि गोलको वर्षा गरेको थियो । सुदूरपश्चिम–११, कासामु लयमा देखिएको मच्छिन्द्रले पहिलो हाफको खेल ४–० को अवस्थामा पुर्‍याएको थियो ।

    खेलको १३ औँ मिनेटमा मच्छिन्द्रका विजय भुजेलले टिमका लागि दोस्रो गोल गरे । दयानन्द सिंहको पासमा उनले गोल गरेका थिए । खेलको ३६औँ मिनेटमा मच्छिन्द्रको खेलाडी बिमल घर्तिमगरलाई सुदूरपश्चिमका खेलाडिले ‘डि’ बक्स नजिकै फउल गरेपछि मच्छिन्द्रले फ्रिकिक पाएको थियो ।

    मच्छिन्द्रका देवेन्द्र तामाङले फ्रिकिकलाई सजिलै गोल गरे । खेलको ३९ औँ मिनेटमा गोल गर्दै मच्छिन्द्रका पुजन उपरकोटीले टिमलाई ४–० को अवस्थमा पुर्‍याए ।

    दोस्रो हाफपछि पनि सुदूरपश्चिम–११, ले खेलमा सुधार गर्न सकेन । खेलको ५० औँ मिनेटमा सुदूरपश्चिम–११, ले पेनाल्टी मार्फत् पहिलो गोल फर्काएको थियो ।

    rajarshijanakcup.jpg

    मच्छिन्द्रका दिवाकर चौधरीले डि बक्सभित्र फउल गरेपछि पाएको पेनाल्टी सुदूरपश्चिम–११, का फगुराम थारुले गोल गरे । यस्तै खेलको ६२ औँ मिनेटमा मच्छिन्द्रका दिपेश घलेले गोल गर्दै खेललाई ५–१ को अवस्थामा पुर्‍याएका थिए । त्यसको १२ मिनेटको अन्तरमा सुदूरपश्चिम–११, का भरत टमाटाले टिमका लागि दोस्रो गोल गरे ।

    टमाटाको गोलमा खेल ५–२ को अवस्थामा पुगेको थियो । खेलको ८५ औँ मिनेटमा उत्सव राईको पासमा बिमल घर्तिमगरले गोल गर्दै टिमलाई ६–२ को अवस्थामा पुर्‍याएका हुन् ।

    दुई गोलमा अशिष्ट र टिमको लागि व्यक्तिगत एक गोल गरेका बिमल घर्तिमगर खेलको म्यान अफ दि म्याच घोषित हुदै ट्रफि र नगद १० हजार प्राप्त गर्न सफल भए ।

    जितसँगै मच्छिन्द्रले फाइनल खेलमा जावलाखेल यूथ क्लवसँगको भेट पक्का गरेको छ । उपाधिका लागि जावलाखेल र मच्छिन्द्र क्लवले फागुन ७ गते आइतबार प्रतिस्पर्धा गर्नेछन् ।

    मधेस प्रदेशकै सर्वाधिक पुरस्कार राशी रहेको उक्त प्रतियोगिताको विजेता टिमले १० लाख नगद र रनिङशिल्ड तथा उपविजेताले नगद ५ लाख पुरस्कार प्राप्त गर्नेछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij