वेबटिभी खबर
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले जनयुद्ध दिवसको अवसरमा शुभकामना दिँदै अब पुरानो घाउ कोट्याएर आरोपप्रत्यारोप गर्नुभन्दा देश विकासमा लाग्नुपर्ने बताएका छन् ।
पूर्वप्रधानमन्त्री तथ जनयुद्धका एक प्रमुख नेतासमेत रहेका डा.भट्टराईले सोमबार भने, ‘ऐतिहासिक जनयुद्ध दिवस (फागुन १ गते) को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना ! महान् शहिद, बेपत्ताजन र घाइते योद्धाहरूमा हार्दिक सम्मान । जनयुद्ध र त्यसकै जगमा भएका पूरक आन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको तथ्यलाई सबैले आत्मसात गरौं । अब पुराना घाउ कोट्याएर आरोप प्रत्यारोप गर्ने हैन द्वन्द्व का घाउमा मलहम लगाएर सुन्दर र समृद्ध नेपाल निर्माणको दिशामा अघि बढौं ।’
उनले जनयुद्धकालीन केही तस्बिरहरू हेर्न आग्रह गर्दै सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा राखेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij