Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

ब्राजिलमा राष्ट्रपतिविरुद्ध देशभर प्रदर्शन 

ब्राजिलमा राष्ट्रपतिविरुद्ध देशभर प्रदर्शन 

  • 665
    SHARES
  • ब्राजिलमा राष्ट्रपतिविरुद्ध देशभर प्रदर्शन 

    ब्राजिलिया । कोरोना भाइरसको संकट व्यवस्थापनलाई लिएर ब्राजिलका राष्ट्रपति जयर बोल्सनोरोविरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको छ ।

    ब्राजिलको राजधानी ब्राजिलियामा हजारौं प्रदर्शनकारीहरू संसद भवन अगाडि भेला भएर जनतालाई पर्याप्त खोप र राष्ट्रपतिलाईमहाभियोग लगाउन माग गरेका छन् । त्यहाँको रियो द जेनेरियोसहित अन्य ठूला सहरहरुमा पनि प्रदर्शन भइरहेको छ ।

    कोरोना महामारीको सामना गर्न सरकारले लिएको नीतिका कारण ब्राजिलमा बोल्सोनारोको लोकप्रियता घटेको छ । कोरोना भाइरसको संक्रमणबाट ब्राजिलमा अहिलेसम्म चार लाख ६० हजार मानिसले ज्यान गुमाइसकेका छन् । संक्रमित हुनेको संखया एक करोड ६० लाख माथि छ ।

    शनिबार भएको विरोधपछि त्यहाँको सिनेटलाई महामारीमा सरकारी व्यवस्थापन र खोपको गतिबारे अनुसन्धान गर्न दबाब बढेको छ । ब्राजिलका विपक्षी दल, ट्रेड युनियन र सामाजिक अभियान्ताले बोल्सोनारोले महामारीलाई गम्भीरताका साथ नलिएको आरोप लगाएका छन् ।

    ब्राजिलमा कोरोना संक्रमण बढेपछि त्यहाँको स्वास्थ्य प्रणाली पूर्णरुपमा बिग्रियो । दक्षिणपन्थी राष्ट्रपति जयर बोल्सोनोरोले अर्थव्यवस्थामा क्षति पुग्ने भन्दै निरन्तर लकडाउनको विरोध गरिरहे । उनले कोरोना भाइरसबाट भन्दा लकडाउनबाट बढी नोक्सान हुने बताएका थिए । बोलसनोरोले मानिसहरूलाई यसबारे गुनासो नगर्न पनि भनेका थिए ।

    प्रदर्शनकारीले राष्ट्रपतिको विशाल प्लास्टिक पुत्ला र प्लेकार्ड लिएर सहर घुमेका थिए । उनीहरुले राष्ट्रपतिविरुद्ध महाभियोग, नागरिकलाई खोप उपलब्ध गराउन र अमेजनमा बन विनाश रोक्न माग गरेका छन् । केही स्थानमा प्रदर्शनकारीमाथि प्रहरी अश्रुग्यास र रबरको गोली चलाएको थियो । 

    ब्राजिलको प्रख्यात बुटान्टन इन्स्टिच्युटले चीनको साइनोभ्याक खोप उत्पादन गर्ने प्रस्तावमा राष्ट्रपति बोल्सनारोले अवरोध पुर्याएको र देशमा खोप अभियान सुरु गर्न ढिलाइ गरेको आरोप लागेको छ । ब्राजिलमा अहिलेसम्म चार करोड ६० लाख खोपमात्र उपलब्ध छ । त्यहाँका १० प्रतिशत वयस्क नागरिकले मात्र खोप लगाएका छन् । 

  • सम्बन्धित विषय:

  • # ब्राजिल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij