Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

लुम्बिनीमा बिना विभागीय मन्त्रीले दिइन् राजीनामा

लुम्बिनीमा बिना विभागीय मन्त्रीले दिइन् राजीनामा

  • 276
    SHARES
  • लुम्बिनीमा बिना विभागीय मन्त्रीले दिइन् राजीनामा

    काठमाडौं । लुम्बिनी सरकारको बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छिन् ।

    मन्त्री केसीले शनिबार बिहान बुटवलमा मुख्यमन्त्री लिला गिरीसमक्ष राजीनामा पत्र बुझाएको स्रोतको भनाइ छ ।

    मन्त्रालयको भागबण्डामा कुरा नमिलेपछि उनले राजीनामा दिएको बुझिएको छ ।

    केसीले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरे पनि आन्तरिक मामिला, कानुन मन्त्री बनाउने तयारी भएपछि उनले राजीनामा बुझाएको स्रोतको भनाइ छ ।

    रोजेको मन्त्रालय नपाएको भन्दै पार्टीभित्र असन्तुष्टि जनाएर मन्त्री पदबाट केसीले राजीनामा दिएको माओवादी स्रोतको जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij