Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

भियतनाममा भेटियो कोरोना भाइरसको नयाँ भेरिएन्ट

भियतनाममा भेटियो कोरोना भाइरसको नयाँ भेरिएन्ट

  • 746
    SHARES
  • भियतनाममा भेटियो कोरोना भाइरसको नयाँ भेरिएन्ट

    हनोई । भियतनाममा बेलायत र भारतमा भेटिएको नयाँ प्रकारको कोरोना भाइरसको मिश्रित प्रजाति भेटिएको त्यहाँका अधिकारीले बताएका छन् । शनिबार भियतनामका स्वास्थ्यमन्त्री नुगेन थान लंगले कोरोनाको नयाँ संस्करण धेरै खतरनाक भएको बताए ।

    सन् २०२० को जनवरीमा पहिलोपटक भाइरस भेटिएको पुष्टि भएपछि अहिलेसम्म कैयौं उत्परिवर्तित प्रकार पत्ता लागेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार भियतनामका स्वास्थ्यमन्त्रीले एक बैठकमा भने, 'भियतनाममा कोरोना भाइरसको नयाँ प्रकार फेला परेको छ, जुन बेलायत र भारतमा फेला परेको पहिलो भाइरस प्रकारको मिश्रित रूप हो ।' 

    उनले भने, 'नयाँ प्रजाति पहिलेभन्दा धेरै संक्रामक छ र हावामा छिटो फैलिन्छ । यो भेरिएन्ट नयाँ संक्रमितहरुको परीक्षण पछि देखा पर्‍यो । यस भाइरसको आनुवंशिक कोड चाँडै उपलब्ध हुनेछ ।'

    भारतमा गत वर्ष अक्टुबरमा नयाँ भेरिएन्ट भेटिएको थियो । यसलाई बेलायतमा भेटिएको भन्दा बढी खतरनाक मानिएको छ । अनुसन्धानका अनुसार फाइजर र  एस्ट्राजेनेका खोपको दुई डोज भारतीय भेरिएन्टका लागि प्रभावकारी रहेको छ । 

    भियतनाममा यतिवेला भाइरस संक्रमण तीव्र फैलिएको छ । अहिलेसम्म त्यहाँ ६ हजार सात सयभन्दा धेरै संक्रमित भएका छन् भने ४७ जनाको भाइरस संक्रमणबाट मृत्यु भएको छ । 

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij