Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

भारतमा नयाँ संक्रमित थपिने दर निरन्तर घट्दै 

भारतमा नयाँ संक्रमित थपिने दर निरन्तर घट्दै 

  • 794
    SHARES
  • भारतमा नयाँ संक्रमित थपिने दर निरन्तर घट्दै 

    नयाँ दिल्ली । भारतमा दैनिक कोरोना संक्रमित थपिने दर निरन्तर घट्दो क्रममा छ । पछिल्लो २४ घण्टामा १ लाख ६५ हजार १४४ जना नयाँ संक्रमित थपिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    दैनिक संक्रमित थपिने दर ४७ दिन यताकै सबैभन्दा कम हो । भारतमा संक्रमित निको हुने दर पनि उल्लेख्य छ । यो अवधिमा २ लाख ६४ हजार ३४२ जना संक्रमित निको भएका छन् । 

    कोरोनाको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित बनेको भारतमा केही दिनयता सुधार हुँदै आएको छ । दोस्रो लहरको प्रभाव विस्तारै घट्न थालेको विज्ञहरुले बताएका छन् । 

    भारतम अहिले सक्रिय संक्रमितको संख्या घटेर २१ लाख नौ हजारमा सिमित भएको छ । दैनिक संक्रमित भेटिने भन्दा निको हुने दर केही दिनयता निरन्तर जारी छ । त्यसैले सक्रिय संक्रमितको संख्या पनि निकै घटेको हो ।

    तर, संक्रमणका कारण हुने मृत्यु दरमा भने खासै सुधार भएको छैन् । २४ घण्टाको अवधिमा तीन हजार ४६३ जनाको संक्रमणकै कारण निधन भएको छ । योसँगै हालसम्म भारतमा संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख २५ हजार पगेको छ । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij