वेबटिभी खबर
काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार कुमार दसौदी निर्वाचित भएका छन् ।
आजै भएको उपनिर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका दसौदीले ४ हजार२६ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।
उनले प्रदेशतर्फ २ हजार ६४ र स्थानीय तहतर्फ १ हजार ९६२ गरि कुल ४ हजार २६ मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसका माधवप्रसाद आचार्यले प्रदेशतर्फ १ हजार ७७६ र स्थानीय तहतर्फ १ हजार ९४४ जम्मा ३ हजार ७२० मत प्राप्त गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij