वेबटिभी खबर
धनगढी । आज बिहान ११ बजेका लागि बोलाइएको सुदूरपश्चिम प्रदेश सभाको बैठक सरेको छ । प्रदेश सभा सचिवालयका अनुसार भाेली बिहीबार दिउँसो १ बजेसम्मका लागि बैठक सरेकाे हो ।
मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको थियाे । मुख्यमन्त्री रावललाई नेकपा माओवादी केन्द्रका १०, नेकपा एमालेका ९, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदले विश्वासको मत दिए मात्र यो सरकारले निरन्तरता पाउँनेछ ।
प्रतिपक्षमा नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ३ र स्वतन्त्र १ जना सांसद छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij