Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

प्रदेश–१ सभाले गर्‍याे अध्यादेश पारित

प्रदेश–१ सभाले गर्‍याे अध्यादेश पारित

  • 409
    SHARES
  • प्रदेश–१ सभाले गर्‍याे अध्यादेश पारित

    काठमाडौं । प्रदेश-१ को प्रदेशसभाले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ सर्वसम्मतिले  पारित गरेको छ ।

    प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन समेत)को नियम ८१ (४) बमोजिम आन्तरिक मामिला तथा कानुन मन्त्रीका तर्फबाट सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले सो प्रस्ताव पेस गरेका थिए ।

    संघीय निजामती सेवा ऐन आइनसकेको अवस्थामा प्रदेशमा रिक्त दरबन्दीमा कर्मचारी व्यवस्थापन गर्न सो अध्यादेश ल्याएको मन्त्री राजभण्डारीले प्रष्ट पारेका छन् ।

    यसैगरी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत)को नियम १३ बमोजिमको कार्यव्यवस्था परामर्श समितिका सदस्यको विवरणसहित प्रदेशसभा नियमावली मस्यौदाका लागि गठित समितिको विवरण पनि सभामुख बाबुराम गौतमले सार्वजनिक गरे ।

    आठ मिनट चलेको सदनमा तीन मिनेटपछि नेपाली कांग्रेसका सांसद केदार कार्कीले नियमापत्ति जनाए । उनले जनताको समस्या अवगत गराइने शून्य समय हटाएको र सदन मिलोमतोमा चलाएको आरोप लगाए । प्रदेश सभाको अर्को बैठक भोलि अपरान्ह १ बजे बस्नेछ ।

  • सम्बन्धित विषय:

  • # प्रदेश १

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij