वेबटिभी खबर
मुगु । मुगुका बाढीपहिरो प्रभावित परिवार राहत वितरण गरिएको छ । छायाँनाथ रारा नगरपालिका-८ का बाढीपहिरो पीडित परिवारलाई शुक्रबार राहत वितरण गरिएको हो ।
टेवा नेपाल काठमाडौको आर्थिक सहयोग र महिला अधिकार केन्द्र मुगुको समन्वयमा पीडित ३० परिवारलाई ८ नम्बरवडा कार्यालयले प्रति घर ३० केजी चालल, २ केजी दाल, १ पाकेट नुन, डसना सिरक र तन्ना वितरण गरिएको हो ।
गत असोज १८ देखि २३ गतेसम्म अविरल वर्षाका कारण घरबारी गुमाएका पीडितलाई राहत दिइएको हो । गत असोजमा गएको बाढीपहिरोले मुगुका चारवटै पालिकामा करोडौको भौतिक सम्पत्तिमा क्षति गरेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij