वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रले बुधबार बोलाएको स्थायी कमिटी बैठक स्थगित गरे पछि पुन: आज बोलाइएको छ ।
स्थायी कमिटी सदस्य तथा पोलिटब्युरो सदस्यहरुलाई केन्द्रिय बिभागमा जिम्मेवारी बाँडफाड गर्ने अजेन्डामा प्रवेश गरेका माओवादीले गृहकार्य नपुगेको भन्दै बुधबार बैठक स्थगित गरेको थियो ।
स्थगित बैठक आजबाट सुरु हुनेछ । जस अनुसार केन्द्रिय बिभागहरुको गठन तथा नेतृत्व चयनको जिम्मेवारी तोकिने विश्वास लिइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij