Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

शिक्षा क्षेत्रको विकासमा पूर्वसांसद साहले गरे उदाहरणीय काम

शिक्षा क्षेत्रको विकासमा पूर्वसांसद साहले गरे उदाहरणीय काम

  • 771
    SHARES
  • शिक्षा क्षेत्रको विकासमा पूर्वसांसद साहले गरे उदाहरणीय काम

    सर्लाही । बागमती नगरपालिका वडा नम्बर १२ स्थित जनजागृती आधारभूत विद्यालयका विद्यार्थी र शिक्षकमा बुधबार बेग्लै उत्साह देखिन्थ्यो । सरकारी विद्यालयमा कठिनाइ भोग्दै पढिरहेका विद्यार्थीलाई समाजसेवी नरेन्द्र साहले कापी र कलम वितरण गर्ने कार्यक्रमले सबैमा उत्साह जगाएको थियो ।

    पूर्वसांसद एवं मंसिर ४ गते भएको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा वाम–लोकतान्त्रिक गठबन्धनको उम्मेदवार भइ झिनो मतले पराजित साहले आफ्नो क्षेत्रमा शिक्षाको विकास होस् भनेर विद्यार्थीलाई नि:शुल्क कापी र कलम वितरण गर्ने अभियान चलाएका छन् । 

    क्षेत्रका ५१ वटै वडाका सबै विद्यालयमा कापी र कलम वितरण गर्ने अभियान अन्तर्गत बुधबार साहले बागमती नगरपालिकाको जनजागृती र हरिवन नगरपालिकाको महादेव जनता नमुना माविमा कार्यक्रम गरेका हुन् । 

    चुनाव हारेर पनि आफ्नो क्षेत्रको शैक्षिक विकासका लागि निरन्तर काम गरेको भन्दै स्थानीयले साहको प्रशंसा गरेका छन् । उनले क्षेत्रमा पर्ने हरेक वडामा कापी र कलम वितरण अभियानलाई निरन्तरता दिने बताएका छन् । हाल ७५ हजार कापी र सोही संख्यामा कलम विद्यालयहरुमा वितरण गर्ने तयारी छ ।

    Janajagriti-Prabi-Bagmati-napa.jpg
    बागमतीकाे जनजागृती प्राविका विद्यार्थीलाई कापी र कलम वितरण गर्दै समाजसेवी साह

    ‘आफैं पुगेर वा विद्यालयलाई हस्तान्तरण गरेर विद्यार्थी सम्म कापी र कलम पुर्याउने योजना छ,’ साहले भने, ‘शिक्षाकै विकासबाट मात्र देश विकास हुनसक्ने भएकाले यो क्षेत्रमा मेरो निरन्तर सहयोग रहनेछ । कसैले पनि कापी र कलमको अभावमा पढाईबाट बञ्चित हुनु नपरोस भनेर यो अभियान चलाएको हुँ ।’

    जनजागृती प्राविका प्रधानाध्यापक हेरम्बराज सुवेदीले कापी र कलम वितरण अभियानले विपन्न वर्गका विद्यार्थीलाई पढ्न निकै मद्दत पुगेको बताए । सरकारी विद्यालयमा विपन्न वर्गका धेरै विद्यार्थी हुने भएकाले यस्तो अभियानले निकै उत्साह जगाएको उनी बताउँछन् । 

    Mahadev-janata-mabi.jpg
    हरिवनकाे महादेव जनता नमुना माविका विद्यार्थीलाई कापी र कलम वितरण गर्दै 

    ‘शिक्षाको विकासमा सबै चुकेका छन,’ उनले भने, ‘उपेक्षामा परेको यो क्षेत्रलाई उकास्न सबैको सहयोगको जरुरी छ । नरेन्द्र साहले चलाएको यो अभियानले धेरै सहयोग पुगेको छ । यसले अरुलाई पनि शिक्षा क्षेत्रमा सहयोग गर्न प्रेरणा मिल्छ । सबै मिलेर शिक्षा क्षेत्रमा सहयोग गर्याे भने मात्र सफल हुन सकिन्छ ।’

    उनले कापी र कलम वितरणले निकै सकारात्क सन्देश दिएको बताए । साहले मंगलबार बसबरिया गाउँपालिकाको धनगढामा विद्यार्थीलाई कापी कलम वितरण गरेका थिए । चरणबद्ध रुपमा सबै वडामा कापी र कलम वितरण गरिने साहले जानकारी दिए । 

    Mahadev-mabi.jpg
    हरिवनकाे महादेव जनता नमुना माविका विद्यार्थीलाई कापी र कलम वितरण गर्दै 

    विद्यार्थीलाई कापी र कलम वितरण गर्न गाउँ–गाउँ पुगे पूर्वसांसद साह विद्यार्थीलाई कापी र कलम वितरण गर्न गाउँ–गाउँ पुगे पूर्वसांसद साह

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij