Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

इरानले एक महिनामा ५० जनाभन्दा बढीलाई दियो मृत्युदण्ड

इरानले एक महिनामा ५० जनाभन्दा बढीलाई दियो मृत्युदण्ड

  • 424
    SHARES
  • इरानले एक महिनामा ५० जनाभन्दा बढीलाई दियो मृत्युदण्ड

    एजेन्सी । इरानी अधिकारीहरूले सन् २०२३ मा ५५ जनालाई मृत्युदण्ड दिएका नर्वेस्थित इरान मानव अधिकार (आइएचआर) समूले भनेको छ ।

    मृत्युदण्डको बढ्दो प्रयोगले देशलाई थप त्रसित बनाएको समूहले जनाएको छ ।

    यसैबीच अधिकार समूह एम्नेस्टी इन्टरनेशनलले भनेको छ कि विरोध प्रदर्शनमा मृत्युदण्डको सजाय सुनाइएका तीन युवामध्ये सबैभन्दा कान्छो एक १८ वर्षीयलाई हिरासतमा चरम यातना दिइएको थियो ।

    आईएचआरले यो वर्षको पहिलो २६ दिनमा कम्तीमा ५५ वटा मृत्युदण्डको पुष्टि गरेको बताएको छ ।

    प्रदर्शनसँग सम्बन्धित आरोपमा चार जनालाई मृत्युदण्ड दिइएको छ । जबकी फाँसी दिइएका ३७ जना दोषीलाई लागूऔषधसँग सम्बन्धित अपराधका लागि दोषि ठहर गरिएको थियो ।
     

  • सम्बन्धित विषय:

  • # इरान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij