वेबटिभी खबर
काठमाडौं । प्रदेश-१ संसद बैठक आगामी माघ २३ गते बस्ने भएको छ ।
सभामुख बाबुराम गौतमले प्रदेशसभाको पहिलो अधिवेशनको छैटौं बैठक माघ २३ गतेको लागि बोलाएका छन् ।
पुस ३० गते उपसभामुखको निर्वाचन सम्पन्न भएपछि स्थगित भएको बैठक माघ २३ गते बस्ने तय भएको प्रदेशसभाका सचिव गोपाल पराजुलीले बताए ।
प्रदेश सभाका लागि बिजनेस अभाव भएकाले बैठक बस्न सकेको थिएन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij