वेबटिभी खबर
काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार काठमाडौं उपत्यकामा १,४९३ जना संक्रमित थिए । बिहीबार ८७४ जना संक्रमित थपिएर २ हजार ३ सय ६७ पुगेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रानलयकाअनुसार बिहीबार भक्तपुरमा २६५, काठमाडौंमा १७ सय ३८ र ललितपुरमा ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४ सय ७६ छ ।
यस अवधिमा ७ हजार २ सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमणबाट १ सय ६ जनाको निधन भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij