वेबटिभी खबर
काठमाडाैं । पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २० हजार ९ सय ९२ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा ७ हजार २ सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । दुई दिनयता नेपालमा दैनिक संक्रमित थपिनेभन्दा निकाे हुने बढेका छन् । बुधबार पनि संक्रमित थपिनेभन्दा निकाे हुने बढी थिए ।
हाल देशभरि सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४ सय ७६ छ । संक्रमित थपिनेकाे तुलनामा निकाे हुने बढ्दै गएपछि सक्रिय संक्रमितकाे संख्या घट्दै गएकाे छ ।
त्यसैगरी याे अवधिमा कोरोना संक्रमणबाट १ सय ६ जनाको निधन भएको छ । हालसम्म संक्रमणबाट निधन हुनेकाे संख्या ६९५१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
नेपालमा हालसम्म ५ लाख ४२ हजार २५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ४ लाख १८ हजार ८२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना निको हुने दर ७७.२ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij