वेबटिभी खबर
फाइल तस्बिर
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् ।
स्वास्थ्यमा सुधार आएसँगै उनी शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उपमहासचिव पुन ललितपुरको सुमेरु अस्पताल भर्ना भएका थिए ।
एक साताको उपचारपछि स्वास्थ्यमा सुधार आएसँगै अस्पतालले उनलाई डिस्चार्ज गरेको हो ।
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि गृहजिल्ला रोल्पाबाट हेलिकप्टरमार्फत ल्याएर उनलाई अस्पताल भर्ना गरिएको थियो ।
लामो समयदेखि जन्डिसजन्य रोगबाट पुन पीडित छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij