Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरूले आज दाबी पेस गर्ने

लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरूले आज दाबी पेस गर्ने

  • 474
    SHARES
  • लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरूले आज दाबी पेस गर्ने

    रुपन्देही । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरूले आज दाबी पेस गर्ने भएका छन् ।

    प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमाभन्दा एक दिनअघि नै दलहरूले दाबी पेस गर्न लागेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते ४ बजेसम्म सरकार गठनका लागि समय दिएका थिए ।

    प्रदेशको भागवण्डा टुंगिएपछि लुम्बिनीमा नेकपा (एमाले)ले मुख्यमन्त्री पाउने सहमति भएको छ । लुम्बिनीमा एमाले संसदीय दलका नेता एवम् पूर्वमन्त्री लीला गिरी मुख्यमन्त्री बन्ने सम्भावना छ ।

    सोमबार दाङको देउखुरीमा एमाले संसदीय दलकी नेता गिरीसहित सत्तापक्षीय गठबन्धनका नेताहरूको बैठकले मंगलबार ४ बजे सरकार गठनका लागि बहुमतसहितको दाबी पेस गर्ने सहमति गरेका थिए ।

    बैठकमा ४९ सदस्यको समर्थनसहित सरकार गठनका लागि दाबी पेस गर्ने सहमति भएको एमालेका प्रदेशसभा सदस्य भूमिश्वर ढकालले जानकारी दिए । लुम्बिनी प्रदेशमा एमालेका २९, नेकपा (माओवादी केन्द्र)का १०, राप्रपाका चार, जसपा र जनमतका तीन/तीन सदस्य छन् ।

    कुल ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । नागरिक उन्मुक्तिका चार र स्वतन्त्रबाट दुई सदस्य निर्वाचित छन् । कांग्रेसका २७, लोसपाका तीन र नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक/एक सदस्य छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij