वेबटिभी खबर
काठमाडौं । सोमबार त्रिभुवन विमानस्थलमा ६ वटा कार्गो उडान रहेको तालिकामा उल्लेख छ ।
उक्त तालिकाअनुसार हिमालय एयरलाइन्सका ४, सिल्क एयरलाइन्सका २ र एयर अरेबियाका १ उडान रहेका छन् ।
हिमालय एयरलाइन्सका दुई कार्गो उडानका लागि चीनको कुनमिङ जाँदै छन् भने २ जहाजले चीनबाट कार्गो लिएर बिहानै त्रिभुवन विमानस्थलमा आइपुगेका हुन् ।
सिल्क एयरलाइन्सले दिल्लीबाट कार्गो ल्याउँदै छ भने एयर अरेबियाले सारजहाबाट स्वास्थ्य सामग्रीसहितको कार्गो ल्याउँदै छ ।
आइतबार त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय ३ उडान भएका थिए ।
हिमालयका दुई र गल्लिभ एयरको कूटनीतिक उडान भएको त्रिभुवन विमानस्थलले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij