Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

म्यान्मारः सत्ता विद्रोहपछि नेतृ सुकी पहिलोपटक अदालतमा उपस्थित

म्यान्मारः सत्ता विद्रोहपछि नेतृ सुकी पहिलोपटक अदालतमा उपस्थित

  • 764
    SHARES
  • म्यान्मारः सत्ता विद्रोहपछि नेतृ सुकी पहिलोपटक अदालतमा उपस्थित

    बैंकक । म्यान्मारकी नेतृ आङ सान सु की पहिलोपटक अदालतमा स्वयं उपस्थित भएकी छन् । गत फेब्रुअरी १ मा सत्ताच्यूत गरिएकी सु कीलाई त्यसयता सेनाले विभिन्न आरोपमा गिरफ्तार गरी जेलमा राखेको थियो ।

    उनका एक जना वकिल मिन मिन सो ले टेलिफोनमा बताएअनुसार सु कीलाई राजधानी न्यापिटअस्थित नगर परिषद भवनमा स्थापना गरिएको विशेष अदालतमा उपस्थित हुनुअघि आफ्ना वकिलहरुसँग भेट गर्न दिइएको छ । 

    कानुन व्यवसायीहरुले अपदस्थ राष्ट्रपति विन मिन्टसँग पनि भेटघाट गरेका छन् । मिन्टविरुद्ध पनि सु कीलाई झैं आरोपहरु लगाइएका छन् । 

    सु कीविरुद्ध धेरैवटा फौजदारी अभियोग लगाइएको छ । यसअघि सु कीलाई भिडियो लिंकमार्फत अदालती सुनुवाई गरिएको थियो । उनलाई कुनै पनि कानुन व्यवसायीसँग भेटघाट गर्न दिइएको थिएन । 

    कानुन व्यवसायी मिन मिन सोले म्यान्मारका जनताप्रति सु कीले सन्देश पठाउँदै नेसनल लिग फर डेमोक्रेसी पार्टी (एनएलडी) जनताको अधिकारको पक्षमा सदा झैं अटल भएर उभिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

    सुनुवाई पश्चात सुकीले अदालतमा आम बर्मेली जनताको सुस्वास्थ्य र भलाई होस् साथै एनएलडी जनताको पार्टी भएकाले जनता रहेसम्म एनएलडी सदा जीवित रहने बताएकी छन् । मिन मिनका अनुसार सु की स्वस्थ र आत्मविश्वासपूर्ण देखिएकी छन् । सोमबारको सुनुवाईमा सु कीविरुद्ध लगाइएका मुख्यतः छ वटा फौजदारी मुद्दामाथि केन्द्रित रहेर सोधपुछ गरिएको थियो । 

    उनीमाथि सन् २०२० को चुनावी अभियानका क्रममा कोभिड-१९ का नियमहरु उल्लंघन गरेको, सु कीका अंगरक्षकका लागि वाकी-टाकीहरु गैरकानुनी रुपमा आयात गरेको, रेडियोको लाइसेन्स नलिएको तथा सार्वजनिक अस्थिरता फैल्याउने गरी समाजमा भ्रम फैल्याएको आरोप छ । 

    सु कीमाथि लगाइएको सबैभन्दा गम्भीर आरोप उपनिवेशकालीन सरकारी गोप्यता सम्बन्धी ऐनको उल्लंघन हो । यस कानुनको उल्लंघन गर्नेमाथि १४ वर्षसम्मको जेल सजाय हुन सक्दछ र यस मुद्दाको सुनुवाई अर्कै अदालतले हेर्दैछ । 

    सु कीका समर्थकहरुले अदालती सुनुवाई राजनीतिक प्रेरित रहेको बताउँदै आएका छन् । उनीहरुको भनाईमा सेनाले आफूले सत्ता हत्याएको कुरा प्रमाणित गर्न चाहिरेको छ । यदि यी मुद्दाहरुमा सु की दोषी ठहर भए आगामी एक वा दुई वर्षभित्र सेनाले गराउने भनिएको चुनावमा सु कीलाई उठ्न दिइने छैन । 

    सेनाले सत्ता विद्रोह गरेयता लोकतन्त्र पुनर्वहालीको माग गर्दै सडकमा उत्रेका पाँच सयभन्दा बढी व्यक्तिको सेनाको गोली लागेर ज्यान गइसकेको छ ।  

    आङ सान सुकीको पार्टी खारेज हुन सक्ने सम्भावना आङ सान सुकीको पार्टी खारेज हुन सक्ने सम्भावना म्यान्मारः आङ सान सुकीविरुद्ध ६ नयाँ फौजदारी अभियोग म्यान्मारः आङ सान सुकीविरुद्ध ६ नयाँ फौजदारी अभियोग म्यान्मारः आङ सान सुकी १७ फेबु्रअरीसम्म नजरबन्दमा रहनेछिन् म्यान्मारः आङ सान सुकी १७ फेबु्रअरीसम्म नजरबन्दमा रहनेछिन्

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij