Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

मेलमिलापको आवश्यकता आज पनि उत्तिकै छ : कांग्रेस नेता महर

मेलमिलापको आवश्यकता आज पनि उत्तिकै छ : कांग्रेस नेता महर

  • 237
    SHARES
  • मेलमिलापको आवश्यकता आज पनि उत्तिकै छ : कांग्रेस नेता महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले अंगालेको मेलमिलापको आवश्यकता आज पनि उत्तिकै रहेको बताएका छन् ।

    राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पोलिटिकल डिबेट फोरमले काठमाडौंमा शनिवार आयोजना गरेको कार्यक्रममा उनले बिपीका असल विचार कांग्रेसमा मात्रै नभइ सबै पार्टीमा उपयोगी हुने बताए ।

    उनले भने, ‘कांग्रेसले मुलुकमा संघीयताको रक्षा र संविधानको सफल कार्यान्वयनका लागि कम्युनिस्टहरूसँग मिलेरै भए पनि तीनै तहको निर्वाचन सम्पन्न गरेको छ । यो मेलमिलाप नीतिको एउटा सुन्दर नमूना हो । त्यसपछि पनि कांग्रेस मेलमिलापकै बाटोमा थियो । प्रचण्डजीले लोकतान्त्रिक-बाम गठबन्धनलाई धोका दिए । त्यो मेलमिलाप विपरित भयो ।’

    मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक दलले दल गत स्वार्थ त्यागेर अघि बढ्नुपर्ने उको भनाइ छ ।

    १६ पुस ०३३ मा कांग्रेसका संस्थापक नेता कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij