वेबटिभी खबर
विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसले तत्काल नीति अधिवेशन बेलाउन माग गरेका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालगायतलाई कारबाही गर्नुपर्छ भन्ने कुरा गलत भएको बताउँदै तत्काल नीति अधिवेशन बोलाउनुपर्ने बताएका हुन् ।
कांग्रेस छोडेर एमालेसँग मिल्नु भनेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको मर्म बुझ्न नसक्नु भएको र कांग्रेसको पनि कमजोरी रहेको उनले बताए । कोइरालाले कांग्रेसले माओवादी र नेकपा एमालेको चाललाई बुझ्न नसक्दा दुर्घटना भएको बताए ।
उनले भने, ‘हामीले माओवादीको र एमालेको चाललाई बुझ्न सकेनौं ।’ आफूहरूको मान्यता निर्वाचनपछि गठबन्धन गर्ने भन्ने रहेपछि निर्वाचनमा जाँदा नै गठबन्धन गर्दा कमजोरी भएको पनि उनले बताए ।
गठबन्धन विभाजन भएको विषयमा नेपाली कांग्रेसको आगामी पुस २२ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा निर्मम समीक्षा हुने उनले बताए । उनले भने, ‘हाम्रो तर्फबाट पनि नेगोशिएसन टिम थियो । कसरी वार्ता गर्नुभयो । यो विषयमा २२ गतेदेखिको बैठकमा निर्मम समीक्षा गर्छौं ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij