वेबटिभी खबर
चितवन । नेपाल बालविकास शिक्षक चितवन जिल्ला अध्यक्ष रेखा रानाभाटले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) लाई कुन सरकारले कहिले न्याय दिने ? भन्दै प्रश्न गरेकी छिन् । यहि पुस शनिबार चितवनमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष रानाभाटले सधैं एउटै माग र मुद्दाको पीडा लिएर कहिलेसम्म बस्ने ? प्रश्न गरिन् ।
‘हाम्रो कर्म र मर्मलाई राज्यले हेरेको छैन । मनन् गरेको छैन । २० औं वर्षदेखि हामी एउटै पीडा लिएर हिँडेका छौं । थोरै तलबमा काम गर्नु परेको छ । हाम्रो श्रमको मूल्यको मूल्यांकन भएको छैन । कुन सरकारले न्याय दिने हो ? केन्द्र, प्रदेश र स्थानीय सरकार हाम्रो विषय मौन छ । यस्तो अवस्था कहिलेसम्म ? सरकारको ढोका ढकढक्याउन गइरहँदा स्थानीय सरकारलाई जिम्मा लगाएको छ भन्छन् । स्थानीय सरकारले समस्या समाधान गर्दैन । बजेट छैन, तलब दिन सक्दैनौं भन्छ ।’
उनले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले तनाबहरू दिइरहेको बताइन् । उनीहरूले श्रमशोषण गर्दै पटक–पटक तलब काटेको पनि रेखाले खुलाइन् । उनले आफूमा भएको पीडा ३६ हजार बढी बालशिक्षकको भएको समेत बताइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij