Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

डोटीका भूकम्पपीडितलाई काठमाडौं महानगरको आर्थिक सहयोग

डोटीका भूकम्पपीडितलाई काठमाडौं महानगरको आर्थिक सहयोग

  • 351
    SHARES
  • डोटीका भूकम्पपीडितलाई काठमाडौं महानगरको आर्थिक सहयोग

    काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिकाका भूकम्पपीडितलाई काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

    काठमाडौं महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर विचल्लीमा परेका परिवारलाई  १० लाख रूपैयाँ आर्थिक सहयोग गरेको हो ।

    गएको कात्तिक २३ गते पूर्वीचौकी गाउँपालिकामा गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पले छ जनाको ज्यान गएको थियो भने तीन हजार आठ सय घरटहरा भत्किएका थिए ।

    काठमाडौं महानगरपालिकामा डोटीका भूकम्पपीडितका लागि सहयोगको अनुरोध गरिएपछि महानगरबाट विपद् व्यवस्थापनअन्तर्गतको बजेटबाट गाउँपालिकालाई  १० लाख सहयोग उपलब्ध गराइएको महानगर प्रमुख बालेन्द्र (बालेन) साहले बताए ।

    उनले भने, ‘भूकम्पपीडितका समस्याका विषयमा हामीले जानकारी पायौँ र केही रकम आर्थिक सहयोग गरेका छौँ । आशा छ हाम्रो सहयोगले पीडितका समस्या केही हदसम्म भए पनि समाधान हुने छन् ।’

    उक्त आर्थिक सहयोग पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायमार्फत हस्तान्तरण गरिएको काठमाडौं महानगर पालिकाले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij