वेबटिभी खबर
न्यापिट । म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको पार्टी खारेज हुने सम्भावना देखिएको छ । सुकीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी) लाई देशको निर्वाचन आयोगले खारेज गरिदिने तयारी गरेको हो ।
गत वर्ष भएको निर्वाचनमा जालसाझी गरेको आरोप लगाउदै सो पार्टी खारेज गर्ने बारेमा विचार गरिरहेको आयोगले स्पष्ट पारेको छ । सेनाद्धारा नियुक्त गरिएका आयोगका अध्यक्ष थेइन सोएले राजनीतिक दलहरुसँग राजधानीमा शुक्रबार भएको छलफलमा सुकीको पार्टी खारेज गर्ने बारेमा आफुहरुले विचार गरिरहेको जानकारी र्दिएका हुन् ।
'सो पार्टीले अरु पनि अवैधानिक कामहरु गरिरहेकाले त्यो पार्टी विघटन हुनसक्छ', उनले भने । गत वर्षको नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले ८३ सिटमा जित हासिल गरेको थियो । त्यस निर्वाचनलाई सेनाले धाँधलीपूर्ण भएको भन्दै असन्तुष्टि जनाउदै आएको थियो ।
त्यतिबेलाको निर्वाचन धाँधलीपूर्ण भएकाले फेरि अर्को निर्वाचन गर्नुपर्ने भन्दै म्यान्मारमा सेनाले सत्ता नियन्त्रणमा लिएको छ ।
म्यान्मारमा सेनाले शीर्ष नेताहरुलाई बन्धक बनाउदै सत्ता नियन्त्रणमा लिएर अहिले आफै शासन गरिरहेको छ । गत फेब्रुअरी १ मा सेनाले शासन हातमा लिएपछि त्यसको विरोधमा म्यान्मारमा नागरिक आन्दोलन भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij