Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बालबालिकामा आत्महत्या दर बिकराल

बालबालिकामा आत्महत्या दर बिकराल

  • 353
    SHARES
  • बालबालिकामा आत्महत्या दर बिकराल

    सुर्खेत । कर्णाली प्रदेशमा आत्महत्या गर्ने बालबालिकाको ग्राम निरन्तर बढ्दो लयमा छ । तीन वर्षको तथ्यांकले यस प्रदेशमा बालबालिकाको आत्महत्या दर बिकराल रहेका देखिन्छ ।

    कर्णाली प्रदेश प्रहरीका अनुसार यस अवधिका ११९ जना बालबालिकाले आत्महत्या गरेका छन् । जम्मा १ हजार २६ जनाले आत्महत्या गरेकामा त्यसको ११ प्रतिशत बालबालिका रहेका छन् ।

    आर्थिक वर्ष २०७६/०७७ मा ३५ जना, आर्थिक वर्ष ०७७/०७८ मा ४१ र ०७८/०७९ मा ३५ र चालू आर्थिक वर्ष २०७९/०८० को हालसम्म आठजना बालबालिकाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

    प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधवप्रसाद श्रेष्ठअनुसार बालबालिकामा अत्महत्या दर डरलाग्दो  भएकाले यसको न्यूनिकरणका लागि सबै सचेत हुनुपर्ने छ । यसतर्फ अभिभावक र सरोकारवाला सचेत रहनु पर्नेमा जोड रहेको छ ।

    बालबालिकामा आत्महत्या बढ्नुको कारण सामाजिक सञ्जाल, लागूऔषध दुव्यर्सनी , पारिवारिक कलह, कतिपय चाहेको कुरासमेत नपाउँदा आवेगमा आएर आत्महत्याको बाटो रोज्ने गरेको मनोविमर्शकर्ता बताउछन् ।

    आवाज संस्थाका अनुसार  बालबालिकामा उमेर बढ्दै जाँदा शारीरिकसँगै मानसिक रूपमा पनि सोच परिवर्तन हुँदै जान्छ । यसको सकारात्मक र नकारात्मक प्रभावले सही गलत छुट्टाउन नसक्दा र आफ्ना कुरा अरूसमक्ष राख्न नसक्दा आत्महत्या रोज्ने गरेको पाइएको छ ।

    बालबालिकामा पारिवारिक अवस्थाले पनि असर गरेको, बालबालिकाले आफ्ना कुरा भन्न नपाउँदा, बुझ्ने र संरक्षण गर्ने अभिभावक नहुँदा आत्महत्याको बाटो रोज्ने गरेको पनि अर्को कारण रहेको छ ।

    विद्यालयमा बालबालिकाका कुरा सुन्ने, समस्या पहिचान गरेर मनका कुरा राख्ने गोप्य र सुरक्षित वातावरण सिर्जना गर्नुपर्ने तर्फ पनि सचेत हुनुपर्ने भएको छ । आत्महत्या गर्नेमा पुरूषको तुलनामा महिलाको सङ्ख्या बढी छ । बालकको तुलनामा पनि आत्महत्या गर्नेमा बालिकाको संख्या बढी छ ।

    प्रहरीको तथ्यांक अनुसार  तीन वर्षको अवधिमा ५१ जना बालकले आत्महत्या गर्दा ६८ जना बालिकाले आत्महत्या गरेका छन् । प्रत्येक वर्षको तथ्यांक हेर्ने हो भने आत्महत्या गर्ने बालकको भन्दा बालिकाको संख्या बढिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij