Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

हिटिङ पौडी पोखरी आजदेखि सर्वसाधारणका लागि खुल्ने

हिटिङ पौडी पोखरी आजदेखि सर्वसाधारणका लागि खुल्ने

  • 450
    SHARES
  • हिटिङ पौडी पोखरी आजदेखि सर्वसाधारणका लागि खुल्ने

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको हिटिङ पौडी पोखरी आज शुक्रबारदेखि सर्वसाधारका लागि खुल्ने भएको छ ।

    सर्वसाधारणका लागि प्रति सिफ्ट ५०० रूपैयाँ टिकट दर राखिएको छ । प्रशिक्षण सुविधाबाहेक प्रति व्यक्ति १ महिनाको १० हजार तथा ३ महिनाको २५ हजार सदस्यता शुल्क तोकिएको छ ।

    प्रशिक्षणको सुविधासहित १ महिनाको १२ हजार तथा ३ महिनाको ३० हजार सदस्यता शुल्क निर्धारण गरिएको छ ।

    पौडी पोखरी बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको पौडी पोखरी प्रमुख देवराज कट्वालले जनाए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij