Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

पाइप फुटेपछि पुरानै सञ्जालबाट पठाइयो पानी 

पाइप फुटेपछि पुरानै सञ्जालबाट पठाइयो पानी 

  • 274
    SHARES
  • पाइप फुटेपछि पुरानै सञ्जालबाट पठाइयो पानी 

    काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको लैनचौरस्थित नयाँ वितरण सञ्जालमा समस्या आएपछि पुरानै सञ्जालबाट पानी पठाइएको छ ।

    नयाँ सञ्जालमा समस्या आएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पुरानो सञ्जालबाटै राजधानीको मुख्य शहरमा पानी पठाएको निर्देशनालयका प्रवक्ता एवम् सूचना अधिकारी चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए ।

    नयाँ वितरण सञ्जालबाट पानी पठाउँदा लैनचौरस्थित नेपाल स्काउटअघि पाइप फुटेर जलमग्न भएको थियो । जसका कारण पैदलमार्ग हिँड्न पनि समस्या भएको यात्रुको गुनासो छ ।

    पाइप फुटेको ठाउँमा के भएको हो भन्ने हेर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको प्रवक्ता श्रेष्ठले बताए । केही दिनमा फुटेको पाइप बनाएर नयाँ सञ्जालबाट पानी पठाइने जनाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij