Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सुरु

निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सुरु

  • 416
    SHARES
  • निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सुरु

    ताप्लेजुङ । ताप्लेजुङमा मंगलबारदेखि निःशुल्क शल्यक्रियासहितको तीनदिने आँखा शिविर सुरु भएको छ ।

    नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ शाखा र काठमाडौंस्थित सेवा फाउन्डेसनको आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो ।

    सदरमुकाम फुङ्लिङस्थित डिचेन डोंगला स्मारक आँखा उपचार केन्द्रमा आयोजित शिविरमा छिमेकी जिल्ला पाँचथर, तेह्रथुमलगायत क्षेत्रका सयौँ आँखाका बिरामी सेवा लिन आएका छन् ।

    बिहीबारसम्म सञ्चालन हुने शिविरमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिनाका साथै चस्मा र नाम दर्तामा न्यूनतम शुल्क लाग्ने केन्द्रका इन्चार्ज काजी गुरुङले जानकारी दिए ।

    शिविरमा मेची आँखा अस्पतालले प्राविधिक सहयोग गरेको छ भने लायन्स क्लब अफ काठमाडौंले निःशुल्क औषधि उपलब्ध गराएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij