वेबटिभी खबर
काठमाडौं । जाडो मौसममा धेरै मानिसलाई 'मोसन सिकनेस'को समस्या हुने गर्छ । जसका कारण वान्ता हुने, वाकवाकी लाग्ने र कहिलेकाहीँ चिसोको समस्या हुने गर्छ । यस्तो अवस्थामा अदुवाको चियाले मोसन सिकनेसमा आराम दिन्छ ।
अदुवाको चिया सेवन गर्दा तपाईको रक्तसञ्चारमा पनि सुधार हुन्छ, जसले मुटुलाई स्वस्थ राख्छ । अदुवाको चिया नियमित सेवन गर्दा रक्तचाप नियन्त्रणमा रहन्छ भने हृदयाघात, रगत जम्ने जस्ता समस्याबाट पनि बच्न सकिन्छ ।
अदुवाको चियाले जाडोमा तपाईको तौललाई नियन्त्रण गर्न पनि मद्दत गर्छ । वास्तवमा, अदुवा शरीरको बोसोको स्तर र रक्त सञ्चारलाई नियन्त्रण गर्न सहयोगी हुन्छ।
अदुवाको चिया शरीर सुन्निने वा चोटपटक लाग्न, पीडा कम गर्न पनि प्रभावकारी हुन्छ । महिनावारीको समयमा महिलाले अदुवाको चिया सेवन गरेमा यसको सकारात्मक प्रभाव देखिन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij