Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

नेपालगञ्जमा सडक अतिक्रमण हटाउन सुरु

नेपालगञ्जमा सडक अतिक्रमण हटाउन सुरु

  • 375
    SHARES
  • नेपालगञ्जमा सडक अतिक्रमण हटाउन सुरु

    बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रको सडक अतिक्रमण हटाउन सुरु गरेको छ । सडकपेटी र नाली अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन अभियान सुरु गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।

    नगर प्रमुख विष्टका अनुसार नेपालगञ्जको बीपी चोकबाट अतिक्रमित संरचना हटाउन थालिएकोमा यहाँको सदरलाईन, एकलैनी, ईदगाह रोड, सुर्खेत रोड, घरबारी टोल, धम्बोझी, फुलटेक्रा रोड र न्युरोडसम्म अभियान सञ्चालन गरिने भएको छ ।

    उपमहानगरपालिकाले सडकपेटी खाली गर्न केही महिना अघिदेखि नै पटक पटक सूचना जारी गर्दै आए पनि स्थानीयवासीले बेवास्ता गरेपछि डोजर चलाउनु परेको नगरप्रमुख बिष्टको भनाइ छ ।

    सडक पेटी र नाला कब्जा गरेर व्यापार गर्न थालेपछि ट्राफिक व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताए । यो अभियानले नगरको  ट्राफिक व्यवस्थापन पनि सुदृढ हुने उनको भनाइ थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij