Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

सुनसरी-४ मा मतगणना रोकियो

सुनसरी-४ मा मतगणना रोकियो

  • 596
    SHARES
  • सुनसरी-४ मा मतगणना रोकियो

    सुनसरी । सुनसरी-४ मा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ । नेपाली कांग्रेसले मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको आशंका गरेपछि मतगणना रोकिएको हो ।

    सोही बिषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठक माग गरेका छन् । अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ ।

    मतगणना रोकिनुअघिसम्म पछिल्लो मत परिणाम अनुसार कांग्रेस उम्मेदवार कार्की २३ हजार ४३९ मतका साथ झिनो अग्रतामा छन् । एमाले उमेदवार जगदिश कुसियैतले २३ हजार ३४१ मत पाएका छन् । अब यहाँ ८ क्षेत्रको मत गणना गर्न बाँकी छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij