Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

एक साताका लागि इटहरी र धरानका बैंक तथा वित्तीय संस्था बन्द

एक साताका लागि इटहरी र धरानका बैंक तथा वित्तीय संस्था बन्द

  • 804
    SHARES
  • एक साताका लागि इटहरी र धरानका बैंक तथा वित्तीय संस्था बन्द

    काठमाडौं । इटहरी र धरान उपमहानरभित्रका बैंक तथा वित्तीय संस्थाहरू सोमबारदेखि एक साताका लागि बन्द भएका छन् ।

    इटहरी उपमहानगरपालिकामा नगर प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले एक साताका लागि बैंक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरेको हो ।

    इटहरीमा शाखा रहेका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिको समेत उपस्थिति रहेको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जेठ ३ गतेदेखि ७ गतेसम्म बैंक तथा वित्तीय संस्थाको सम्पूर्ण कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

    उपमहानगर प्रमुखको सचिवालयका महेश सुवेदीले उक्त अवधिमा एटीएम भने सञ्चालनमा रहने जानकारी दिए ।  इटहरी रंगशालामा रहेको आइसोलेसन सञ्चालनका लागि वित्तीय संस्थाहरूसँग बैठकले सहयोगको अनुरोध समेत गरेको छ ।

    त्यसैगरी जिल्ला प्रशासन कार्यालय सुनसरीबाट लागू गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरेको सामाजिक महाशाखा प्रमुख गणेश खतिवडाले जानकारी दिए । 

    धरान उपमहानगरका प्रमुख तिलक राईको अध्यक्षतामा सोमवार बसेको बैठकले सो निर्णय गरेको हो । उनकाअनुसार बैंक तथा वित्तीय संस्थाबाट प्रत्यक्ष सेवाग्राही उपस्थित भई उपल्बध गरिने सेवा प्रवाह नहुने भएको छ ।

    एटीएम सेवा, मोबाइल बैंकिङजस्ता सेवा भने सुचारु रहने उनले जानकारी दिए । इटहरी र धरानमा बैंक तथा वित्तीय संस्था सयभन्दा बढी छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij