Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

गोरखा-२ मा १४६ मतदान केन्द्र, मतदाता कति ?

गोरखा-२ मा १४६ मतदान केन्द्र, मतदाता कति ?

  • 378
    SHARES
  • गोरखा-२ मा १४६ मतदान केन्द्र, मतदाता कति ?

    काठमाडौं । गोरखा निर्वाचन क्षेत्रनम्बर १४६ मतदान केन्द्र रहेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ । ९३ वटा मतदान स्थल रहेको सो क्षेत्रमा कूल १ लाख ५ हजार २४० मतदाता छन् ।

    जसमध्ये ५२ हजार ९९ जना पुरूष र ५२ हजार ८४१ जना महिला मतदाता रहेका छन् । यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलबाट १० जना र २ जना स्वतन्त्र उम्मेदवार छन् ।

    महिला र दलित समुदायका उम्मेदवारको संख्या शून्य रहेको आयोगको तथ्यांकमा उल्लेख छ । यस क्षेत्रमा ६६.६७ प्रतिशत खस आर्य समुदायका उम्मेदवार छन् भने ८.३३ प्रतिशत मुस्लिम र २५ प्रतिशत आदिवासी जनजाति उम्मेदवार छन् ।

    प्रतिनिधिसभातर्फ हट सिट मानिएको गोरखा-२ लाई चासोका साथ हेरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij