Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

खोटाङमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

खोटाङमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

  • 276
    SHARES
  • खोटाङमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

    खोटाङ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा वामलोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका उम्मेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ ।

    गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका रामकुमार राई ‘पासाङ’  र  एमालेबाट विशाल भट्टराई उम्मेदवारले उम्मेदवारी दिएका छन् । वि.सं २०६४ मा  क्षेत्रनम्बर-१ बाट तत्कालीन संविधानसभा सदस्य र २०७४ मा प्रदेशसभा (२)बाट राई निर्वाचित भएका थिए ।

    वि.सं २०५६ र २०६४ को निर्वाचनमा पराजित भएका भट्टराई वि.सं २०७० र २०७४ मा विजयी भएका थिए ।

    प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मंगोल नेशनल अर्गनाइजेशनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राई उम्मेदवारी दिएका छन् ।

    प्रतिनिधिसभा र प्रदेशसभा (१)मा स्वतन्त्रसहित आठ-आठ तथा प्रदेशसभा (२) मा छ नेता चुनावी मैदानमा छन् । १ लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा वाम-लोकतान्त्रिक गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

    दश स्थानीय तह रहेको जिल्लामा गत स्थानीय तहको निर्वाचनमा आठ  स्थानीय तह वाम-लोकतान्त्रिक गठबन्धनले जितेका थियो । स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षका लागि खसेको मतका आधारमा वाम-लोकतान्त्रिक गठबन्धनको ४७ हजार ५१३ मत छ ।

    एमालेको २८ हजार ७९७ मत रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा खसेको मतलाई आधार मानेर हेर्दा प्रदेशसभा (१) मा कांग्रेस १६ हजार ९३४, माओवादी केन्द्रको ८ हजार ४२४ र एकीकृत समाजवादीको १ हजार १२६ गरि गठबन्धनको २६ हजार ४८४ मत छ । एमालेको १३ हजार २५९ मात्र छ ।

    स्थानीय तहको चुनावमा वडाअध्यक्षको मतका आधारमा प्रदेशसभा (२) मा गठबन्धन नै अगाडि छ ।

    माओवादीको १० हजार ३१२, कांग्रेसको ९ हजार ६९९ र एकीकृत समाजवादीको १ हजार १८ गरि २१ हजार २९ मत खसेको थियो । एमालेको भने १५ हजार ५३७ मत छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij