Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सर्लाहीमा प्रत्यक्षतर्फ गठबन्धनलाई सघाउँदै समानुपातिकमा पहिलो हुने रणनीतिमा कांग्रेस 

सर्लाहीमा प्रत्यक्षतर्फ गठबन्धनलाई सघाउँदै समानुपातिकमा पहिलो हुने रणनीतिमा कांग्रेस 

  • 866
    SHARES
  • सर्लाहीमा प्रत्यक्षतर्फ गठबन्धनलाई सघाउँदै समानुपातिकमा पहिलो हुने रणनीतिमा कांग्रेस 

    सर्लाही । नेपाली कांग्रेसका जिल्ला सचिव तथा जिल्ला निर्वाचन परिचालन मुल समितिका सदस्य सचिव निरज कार्कीको अध्यक्षमा बिहीबार हरिवनमा अगुवा कार्यकर्ता भेला गरि गठबन्धनलाई विजयी बनाउन आवश्यक तयारी गरेको छ । समानुपातिकतर्फ कांग्रेसलाई बढीभन्दा बढी मत आउने गरि परिचालन हुने भेलाले निर्णय गरेको छ ।

    Niraj-Karki.jpg

    सर्लाही क्षेत्र नम्बर ३ र प्रदेश सभा ‘क’ क्षेत्रमा पार्टी सभापति शेरबहादुर देउवाले जिल्ला सचिव कार्कीलाई केन्द्रीय विशेष प्रतिनिधि तोकेका छन् । कार्कीले भेलामा केन्द्रको निर्णयअनुसार गठबन्धनलाई एकमत भएर सघाउन तथा समानुपातिकमा पार्टीलाई पहिलो हुनेगरी आ–आफ्नो ठाउँबाट सबै जना सक्रिय हुनुपर्ने बताए । उनले समानुपातिकमा कांग्रेसले बढी मत ल्याउनु पर्नेमा जाेड दिए ।

    Jangabahadur-Mahato.jpg

    भेलामा पार्टी नेतृ तथा समानुपातिक उम्मेदवार चन्दा चौधरी पनि सहभागी थिइन । चौधरीले गठबन्धनको सिट कुनै हालतमा कम हुन नदिने गरी सबैले काम गर्नुपर्ने बताए । ‘अबको सरकार नेपाली कांग्रेसको नेतृत्वमा बन्छ,’ उनले भनिन, ‘त्यसैले गठबन्धनलाई जिताउन हामी सबै इमानदार भएर चुनावमा सक्रिय हुनुपर्छ ।’ उनले प्रत्यक्षमा गठबन्धनका उम्मेदवार र समानुपातिकमा कांग्रेसलाई भोट हाल्न आग्रह गरिन ।

    Harion-vela-nc.jpg

    कार्यक्रममा पार्टी नेता रामप्रसाद मैनाली, डोरप्रसाद भट्टराई, सोनी बोम्जन, जंगबहादुर महतो, विनोद कार्की, बासु निराैला, वविता शर्मा, सुरज सुवेदी, चन्द्रबहादुर अधिकारी, राजेन्द्र महतो, पूर्णबहादुर पाण्डे, मो कमरुद्दिन, रामहरि न्यौपानेलगायत, साे क्षेत्रका मधेस प्रदेश समिति सदस्य, जिल्ला समिति सदस्य, महाधिवेशन प्रतिनिधि, वडा सभापतिहरु तथा अग्रज नेताहरु सहभागी थिए । 

    Letter.jpg

  • सम्बन्धित विषय:

  • # सर्लाही

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij