वेबटिभी खबर
सर्लाही । नेपाल र भारत सरकारी अधिकारिहरूबीच आशन्न मंसिर ४ गते नेपालमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षालाई लक्षित गर्दै मतदानको समयभन्दा ७२ घण्टा पहिलेदेखि नेपाल र भारत सीमा सिल गर्ने सहमति भएको छ ।
सर्लाही प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आज मलगंवामा बसेको बैठकमा उक्त सहमति भएको बताए । निर्वाचनमा भारतीय पक्ष आवश्यक सहयोग तथा समन्वयका लागि तयार रहेको गौतमले जनाए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij