Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

सेल्फी लिने बहानामा भीरबाट खसाल्ने पतिलाई जन्मकैद

सेल्फी लिने बहानामा भीरबाट खसाल्ने पतिलाई जन्मकैद

  • 426
    SHARES
  • सेल्फी लिने बहानामा भीरबाट खसाल्ने पतिलाई जन्मकैद

    अंकारा । टर्कीमा आफ्नी गर्भवती श्रीमतीसँग सेल्फी खिचेको केही समयपछि उनलाई भीरबाट खसालेका एक पुरुषलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

    सन् २०१८ को जुनमा टर्कीको मुग्ला प्रान्तको बटरफ्लाइ भ्यालीमा सेमरा आयसललाई उनका श्रीमान् हाकान आयसलले १ हजार फिट अग्लो भीरबाट धकेलिदिएका थिए । अदालतमा पेस गरिएको प्रमाणअनुसार हाकानले जीवन बीमा पोलिसी जुटाउनको लागि सात महिनाकी गर्भवती श्रीमतीको हत्या गरेका थिए ।

    हाकान आयसलले उचाइदेखि डराएकी आफ्नी श्रीमतीलाई सेल्फी खिच्ने बहानामा ३०४ मिटर अग्लो भीरको छेउमा लगेर धकेलिदिएका थिए ।

    ती व्यक्तिले डरलाग्दो षड्यन्त्र गरेको र त्यसबापत पत्नीको तर्फबाट २५ हजार डलरको जीवन बीमा लिएको अदालतको एक फैसलामा उल्लेख छ ।

    उनको मृत्युपछि ती व्यक्तिले तुरुन्तै बीमा दाबी गरेको न्युयोर्क पोस्टले जनाएको छ ।

    उनकी श्रीमतीको मृत्युपछि उनको पोलिसीको एक मात्र लाभार्थी आयसलले उनको तर्फबाट जीवन बीमाको लागि आवेदन दिएका थिए । तर प्रहरीले सेमराको मृत्युबारे अनुसन्धान घोषणा गर्दा निवेदन खारेज गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # टर्की

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij