वेबटिभी खबर
सर्लाही । सर्लाही जिल्लाको बरहथवास्थित लालभित्तिमा मधेस प्रदेशकै नमुना म्युजियम बन्ने भएको छ ।
सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको चुनावका लागि उम्मेदवार नेकपा माओवादी केन्द्रका नरेन्द्र साहले मधेस प्रदेशकै नमुना म्युजियम बन्न लागेको बताए ।
बरहथवाको लालभित्तिमा स्थानीयवासीहरूसँग आयोजित छलफल तथा अन्तर्क्रिया कार्यक्रममा नेता साहले म्युजिम बनाउन लागेको बताए ।
साविकको लौकट गाविस अहिले लालभित्तिकारूपमा परिचित छ । नेता साहले विगतमा २०७४ को चुनावमा आफूले चुनाव हारे पनि जनताको घरदैलोमा गएको स्मरण गरे ।
‘मैले सुरुवात गरेका केही कामका योजना कोरोना महामारीका कारण पूरा हुन पाएनन्,’नेता साहले थपे,‘चुनावपछि बाँकी काम अघि बढाइने छ ।’
यस्तै सर्लाहीलाई पर्यटन गन्तव्यकारूपमा विकास गर्न आफू पूर्णरूपमा समर्पित हुने नेता साहले बताए । आशन्न चुनावमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरूलाई जिताउन नेता साहले अपिल गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij