Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

चिनियाँ राष्ट्रपति सीलाई साउदी अरेबिया भ्रमणको निम्तो

चिनियाँ राष्ट्रपति सीलाई साउदी अरेबिया भ्रमणको निम्तो

  • 639
    SHARES
  • चिनियाँ राष्ट्रपति सीलाई साउदी अरेबिया भ्रमणको निम्तो

    रियाद । चिनियाँ राष्ट्रपति सी चिनफिङले साउदी अरेबियाको भ्रमण गर्ने अपेक्षा गरिएको यहाँ विदेशमन्त्रीले बताएका छन् । विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको राष्ट्रको नेताले तेस्रो कार्यकाल सुरु भएको केही दिनपछि साउदी अरेबियाको भ्रमण गर्ने अपेक्षा गरिएको हो ।

    राजकुमार फैसल बिन फरहानले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको वार्तापछि प्रमुख तेल निर्यातक र बेइजिङबीचको ‘ऐतिहासिक र ठोस सम्बन्ध’ को प्रशंसा गरेका छन् ।

    ‘हाम्रो आजको बैठक महत्त्वपूर्ण समयमा भएको छ, यो चिनियाँ राष्ट्रपतिको राज्यको अपेक्षित भ्रमणअघि भएको हो’ राजकुमार फैसलले अल अरेबिया टिभी च्यानललाई भनेका छन् ।

    साउदी अरेबियाले चीन र अरब देशहरु बीचको शिखर वार्ताका लागि पनि ‘अन्तिम प्रबन्ध’ गरिरहेको, उनले थप जानकारी दिएका छन् । गत हप्ता आफ्नो एक दशकको सत्ता विस्तार गरेका सीले सेप्टेम्बरमा कजाकिस्तान र उजबेकिस्तानको भ्रमण गरेका थिए ।

    उनले चीनमा कोरोना भाइरस महामारीको सुरु भएयता पहिलो पटक सो भ्रमण क्रममा चीन छाडेका थिए । साउदी अरबमा रहेको चिनियाँ दूतावाससँग एएफपीले सीको अपेक्षित भ्रमणको बारेमा जानकारी लिन खोज्दा केही टिप्पणी नगरिएको समाचारमा जनाइएको छ ।

    यसैबीच चीनको विदेश मन्त्रालयले पनि यस विषयमा कुनै जानकारी नभएको  जनाएको छ । ओपेक कार्टेलले वाशिङ्गटनको अनुरोधलाई बेवास्ता गर्दै तेल उत्पादनमा कटौती गरेपछि साउदी अरेबिया र लामो समयदेखिको सहयोगी संयुक्त राज्य अमेरिका बीचको तनावपूर्ण सम्बन्धको समयमा यो सम्भावित भ्रमण हुन लागेको बताइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij