वेबटिभी खबर
काठमाडौं । जुवातास खेल्ने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको नागार्जुन नगरपालिका-७ स्विजरल्यान्डपार्कस्थित सिटी भ्यू रिसोर्टबाट प्रहरीले जुवातास खेलिरहेका १८ जनालाई पक्राउ गरेको हो ।
जुवा र कौडा खेलेको आरोपमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ । उनीहरूको साथबाट ३ लाख ८२ हजार ५९५ रूपैयाँ र १५ बुक तास, १६ थान कौडा बरामद भएको प्रहरीकाे भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij